महान्यायाधिवक्तामा बैद्य नियुक्त ~~ भारतीय भूमि प्रयोग गरी यातायात चलाइने ~~ प्रधानमन्त्री प्रचण्ड को नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद आज बन्ने ~~ प्रधानमन्त्री निवाशमा तिन दलको बैठक ~~ कांग्रेसलाई कुनै खवर नगरिएकोमा आपत्ति ~~
 राष्ट्रिय मूलखबर ::  
 हाम्रो फोटो खबर :::
अमेरिक राजदूत र नबनियुक्त प्रधानमन्त्री

नेपाली गीत-संगीत सुन्ने बानी बसालौ॥
 नेपालीको स्थानीय खबर
 
महान्यायाधिवक्तामा बैद्य नियुक्त
५ भदौ । सरकारले रिक्त रहेको महान्यायाधिबक्ता पदमा पुनराबेदन अदालत जनकपुरका न्यायाधीश राघबलाल बैद्यलाइ नियुक्त गरेको छ ।

भारतीय भूमि प्रयोग गरी यातायात चलाइने
५ भदौ । सप्तकोशी नदिको बाँध फुटेर राजमार्ग भत्किएपछि विराटनगरबाट जोगबनी हुँदै भारतीय भूमी प्रयोग गरेर काठमाडौं तथा कोशी पश्चिमका विभिन्न जिल्लामा यातायात सहज बनाउने प्रयास सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड को नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद आज बन्ने
५ भदौ । शक्ति बाँडबाँडमा सत्ता साझेदार दलहरु सहमति नजिक पुगेपछि आज सानो आकारको मन्त्रिपरिषद वन्ने भएको छ ।

प्रधानमन्त्री निवाशमा तिन दलको बैठक
भाद्र ५ ! मन्त्रालय बाँडफाँडमा अन्तिम टुंगो लगाउन सत्ता साझेदार तीन दलका शीर्ष नेताहरुवीच विहान प्रधानमन्त्री निवास नयाँबजारमा छलफल हुँदैछ । हिजो भएको छलफलमा एमालेले गृह र स्थानीय बिकाश मन्त्रालय, तथा माओवादीले संचार र परराष्ट्र मन्त्रालय सम्हाल्ने निर्णय भएपनि जलस्रोत लगायतका केही मन्त्रालयमा बिवाद कायमै छ ।

कांग्रेसलाई कुनै खवर नगरिएकोमा आपत्ति
४ भदौ । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सशक्त प्रतिपक्षको भूमिका निभाउन केन्दि्रय सदस्यहरुलाई निर्देशन दिनुभएको छ ।

फोरमबाट सरकारमा जने सदस्यको नामावली
४ भदौ । मधेशी जनअधिकार फोरमका प्रवक्ता वीपी यादवले फोरमबाट मन्त्रीमण्डलमा सहभागि हुनेहरुको नाँउ टुंगो लागिसकेको जानकारी दिनुभएको छ ।

भारतीय दुतावास अघि पत्रकारहरु गिरफ्तार
४ भदौ, काठमाण्डौं । भारतीय लगानीमा संचालित नेपाल वन टेलिभिजनको संचारकर्मी एवं कर्मचारीको आन्दोलनको अगुवाई गरिरहेको नेपाल पत्रकार महासंघको केन्द्रिय उपाध्यक्ष,सचिवसहित दुइ दर्जन बढी पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रधानमन्त्री द्वारा शहिदहरु प्रति सम्मान
नबनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहिदहरु प्रति सम्म प्रकट गर्न यस अघिका प्रधानमन्त्रीले जस्तो शहिद गेट जानु भएन ।

प्रधानमन्त्री ले जनताको नाममा सपथ खानु भयो
२ भाद्र ! १० बर्षे जनयुद्ध बाट शान्ति प्रकियमा आएको नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति डा रामबरण यादबले सपथ ख्वाउदा जनताको नाममा सपथ खानु भएको छ।

सेनापतीले प्रधानमन्त्रीलाइ शुभ-कामना समेत दिएनन्
नेपाली सेनाका प्रधानसेनापति रुक्माङगद कटवालले प्रधानमन्त्रीलाइ औपचारिक बधाइ नै नदिइ कार्यक्रमस्थलवाट बाहिरिएका छन् । सपथ कार्यक्रममा केहीवेर उपस्थीत भएका कटवाल विचमै हिडेका थिए ।

<< Previous 1 2 3 Next >>